२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

देशभरका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

images

  • २०८० असोज ७, आइतबार
  • 1.0K
    SHARES
  • देशभरका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

    असोज ७,काठमाडौं : देशका केही भू–भागमा आज चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित छ। साथै भारतको दक्षिण पश्चिम बिहार आसपासमा रहेको न्यून चापीय क्षेत्रको समेत नेपालमा प्रभाव रहेको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशभर आंशिक देखि सामान्य बदली रही कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँहरूमा तथा देशका बाँकी प्रदेशका केही १/२ स्थानमा हल्का वर्षा भइरहेको छ।

    दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहनेछ। कोशी,बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका केही ठाउँहरूमा र देशका बाँकी भू-भागका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार राति देशभर आंशिक देखि सामान्य बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्गसहित मध्यम पानी पर्ने सम्भावना छ।

    कोशी, गण्डकी र लुम्बिनी प्रदेशका तराई भू-भागका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ। राति सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    वर्षाका कारण सडक तथा हवाई यातायात, स्वास्थ्य, कृषि, पर्यटन लगायतका क्षेत्रहरू प्रभावित हुन सक्ने महाशाखाको आकलन छ। मनसुनको समयमा बाढी, पहिरो,चट्याङ्ग, हावाहुरी, भूक्षयको सम्भावना हुने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ