२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
हाइड्रोपावर

हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

images

सत्कार खबर
  • २०८० वैशाख २६, मंगलबार
  • 586
    SHARES
  • हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

    सत्कार खबर, काठमाडौं  : हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। अर्थात वैशाख २६ गतेसम्म कायम सेयरधनीहरूले मात्र कम्पनीको हकप्रद सेयर खरीद गर्न सक्नेछन् । यस कम्पनीले ७५ प्रतिशत हकप्रद सेयर जारी गर्न लागेको हो जसको लागि कम्पनीले वैशाख २७ गते एक दिन बुक क्लोज तय गरेको छ ।


    कम्पनीले हाल कायम चुक्तापूँजी रू. १ अर्ब ६० करोडको १ बराबर शून्य दशमलव ७५ ( १ : ०.७५) को अनुपातमा रू. १ अर्ब २० करोड बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो।  जसको लागी कम्पनीले नेपाल धितोपत्र बोर्ड (सेबोन)  वैशाख १२ गते अनुमति पाइसकेको छ ।


    कम्पनीको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ