असोज ५,काठमाडौं : आज शुक्रबार सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ।
आज छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले घटेर १ लाख १२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। बिहीबार १ लाख १२ हजार ५ सय रुपैयाँमा छापावाल सुनको खरिद बिक्री भएको थियो।
यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ११ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ।
बिहीबार प्रतितोला १ हजार ४ सय १० रुपैयाँमा किनबेच भएको चाँदी आज १५ रुपैयाँले बढेर प्रतितोला १ हजार ४ सय २५ रुपैयाँमा खरिद बिक्री भइरहेको छ।



