२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

लगातार ६ कारोबार दिन घटेर २ हजारको बिन्दुमा नेप्से, ३ अर्ब २० करोडको कारोबार

images

  • २०८० फागुन १०, बिहीबार
  • 1.3K
    SHARES
  • लगातार ६ कारोबार दिन घटेर २ हजारको बिन्दुमा नेप्से, ३ अर्ब २० करोडको कारोबार

    गत साताको अन्तिम कारोबार घटेर बन्द भएको नेप्सेले आज पनि सोही क्रमलाई निरन्तरता दिएको हो।

    काठमाडौँ : साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दोहोरो अङ्कले घटेर बन्द भएको छ। आज नेप्से परिसूचक २०.७६ अंकले घटेर २००५.८३ विन्दुमा पुगेको छ। त्यसैगरी, आज सेन्सेटिभ इण्डेक्स ३.४९ अंक घटेको छ भने फ्लोट इण्डेक्स १.४३ अंक तथा सेन्सेटिभ फ्लोट इण्डेक्स १.२२ अंक घटेको छ।

    नेप्से घटेपनि आज कारोबार रकम भने बढेको छ। हिजो २ अर्ब २४ करोडको शेयर कारोबार भएको नेप्सेमा आज ३०९ कम्पनीको ७७ हजार ८ सय ३३ पटकको कारोबारमा ३ अर्ब २० करोड ६१ लाख रुपैयाँ बराबरको ९५ लाख १८ हजार कित्ता शेयर कारोबार भएको छ। 

    आज १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ भने ११ उपसमूहको परिसूचक घटेको छ। आज उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक १.१४ प्रतिशत तथा वित्त उपसमूहको ०.३३ प्रतिशत बढेको हो भने होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज ४९ कम्पनीको मूल्य बढेको छ भने १९७ कम्पनीको मूल्य घटेको छ तथा बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ। कारोबार रकमका आधारमा आज जोशी हाइड्रोपावर शीर्ष स्थान १४ करोड  ८७ लाखभन्दा बढीको शेयर कारोबार भएको छ भने गोर्खाज फाइनान्सको १४ करोडभन्दा बढीको शेयर कारोबार भएको छ।

    नेप्से घटे पनि आज ३ कम्पनीको शेयर सर्किट लागेका छन् जसमा समाज लघुवित्त, जोशी हाइड्रोपावर र सामलिङ्ग पावर कम्पनी रहेका छन्। त्यसै गरी, आज बोटलर्स नेपाल (बालाजु) को इकाई मूल्य ८.२४ प्रतिशत बढेको छ भने हिमालयन उर्जा विकास कम्पनीको शेयरमूल्य सर्वाधिक ७.६० प्रतिशत घटेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ