काठमाडौँ : आज बिहान दाङको घोराही-तुलसीपुर सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
बिहान करिब ६ बजे रा ५ प ५४५३ नम्बरको मोटरसाइकल घोराही उपमहानगरपालिका वडा नं. १६ सर्रा चोकमा दुर्घटना भएको प्रहरीले जानकारी दिनु भयो। मृत्यु हुनेमा रोल्पा त्रिवेणी गाउँपालिका ५ का २१ वर्षीय विजय पुन र २४ वर्षीय नेत्र भण्डारी रहेका छन्।
उनीहरू दुवैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिनु भयो। प्रहरीका अनुसार साइकल चालकलाई जोगाउन खोज्दा मोटरसाइकल पल्टिएको थियो। दुर्घटना स्थलमा साइकल भेटिए पनि साइकल चालक पत्ता लागेका छैनन्।



