भदौ ३१,काठमाडौं : आम जनता पार्टीले त्रिपुरेश्वरस्थित भन्सार विभागको कार्यालय घेराउ गरेको छ ।
सरकारी कर्मचारीमार्फत राजस्वमा हुने भ्रष्टाचार नियन्त्रणको माग गर्दै प्रभु साह नेतृत्वको पार्टीले आइतबार विभागको कार्यालय घेराउ गरेको हो ।
ललितपुरको कुपण्डोल पुलबाट सुरु भएको सो पार्टीको र्याली विभागको कार्यालय पुगेर महानिर्देशकमार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएको छ । प्रदर्शनमा श्रमजीवी तथा उत्पीडित वर्गको हक र अधिकारको पक्षमा नाराबाजी भएको थियो ।



