२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री महत

images

  • २०८० भदौ ३१, आइतबार
  • 1.1K
    SHARES
  • टोखा–छहरे सुरुङमार्ग बनाउन चिनियाँ सरकार सकारात्मक छ : अर्थमन्त्री महत

    भदौ ३१, काठमाडौं : अर्थमन्त्री डा .प्रकाशशरण महतले टोखा–छहरे सुरुङमार्ग निर्माणका लागि चिनियाँ सरकार सकारात्मक रहेको बताउनु भएको छ। लिखु महिला उद्यमी तथा सामाजिक संस्थाले आज आयोजना गरेको तीज शुभकामना कार्यक्रममा उहाँले  यस्तो बताउनु भएको ह। 

    परियोजना निर्माणका लागि सरकारले चालु आर्थिक वर्षका लागि एक अर्ब रुपैया छुट्याएको र थप रकम लगानीका लागि चीन सरकारसमक्ष प्रस्ताव पठाइएकामा सकारात्मक जवाफ आएको उहाँको भनााई छ। यो आयोजनामा चिनियाँ लगानी ल्याउन दुई पक्षबीच पत्रको आदानप्रदान भइसकेको छ।

    यसको अर्थ आयोजना अगाडि बढ्छ भन्ने हो”, उहाँले भन्नु भयो, “प्रधानमन्त्रीको आसन्न चीन भ्रमणका क्रममा यो आयोजना पहिलो प्राथमिकतामा राखेका आसयको पत्र चीन सरकारले दिएको छ।”

    यो आयोजनाको प्रारम्भिक सम्भाव्यता अध्ययन भइसकेको जानकारी दिँदै अर्थमन्त्री डा महतले अब विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अध्ययनपछि निर्माण प्रक्रिया अगाडि बढ्ने उहाँले बताउनु भयो। “

    टोखा–छहरे सुरुङमार्ग निर्माणको काम भौतिक मन्त्रालयले, स्रोत जुटाउने काम अर्थ मन्त्रालय र वातावरणसम्बन्धी काम वन मन्त्रालयको हुने भएकाले सबै निकायबीच समन्वय आवश्यक रहेको उहाँले बताउनु भयो।

    त्यस्तै,नुवाकोटको सडक सञ्जाल सदरमुकाम विदुरसम्म मात्र नभइ रसुवा नाकासम्म स्तरोन्नति हुने पनि अर्थमन्त्री डा महतले बताउनु भयो। 

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ