२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

काभ्रेपलान्चोकमा बृहत् कृषि महोत्सव २०८० सम्पन्न, करिब ७० हजार दर्शकले गरे अवलोकन

images

  • २०८० फागुन ८, मंगलबार
  • 1.3K
    SHARES
  • काभ्रेपलान्चोकमा बृहत् कृषि महोत्सव २०८० सम्पन्न,  करिब  ७० हजार  दर्शकले गरे अवलोकन

    धुलिखेल : जिल्ला समन्वय समिति काभ्रेपलान्चोकको मुख्य आयोजना तथा जिल्लास्थित सबै पालिकाको आयोजनामा यही फागुन ४ गतेदेखि सञ्चालन भएको ‘बृहत् काभ्रेपलान्चोक कृषि महोत्सव, २०८०’ सोमबार सम्पन्न भएको छ।

    बनेपाको तीन दोबाटोस्थित करुण मार्गमा चार दिनसम्म चलेको महोत्सव करिब ७० हजार दर्शकले अवलोकन गरेको जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतमले बताउनुभयो। प्रदर्शनीमा जिल्लास्थित सबै गाउँपालिका तथा सिन्धुपाल्चोकका पाँच पोखरी थाङपाल गाउँपालिकाले कृषिजन्य वस्तुको प्रदर्शनी गरेका थिए। महोत्सव अवलोकन गर्नका लागि विभिन्न ३५ जिल्लाका जनप्रतिनिधि सहभागी भएको उहाँले बताउनुभयो।

    किसानका समस्यादेखि उनीहरूले उत्पादन गरेका वस्तुको बिक्री र प्रदर्शनीले राम्रो प्रचार पाएको भन्दै उहाँले अब जिल्लाले नै कृषिमा फड्को मार्ने आशा व्यक्त गर्नुभयो। “अब जिल्लाका किसानले पनि मल नपाउने समस्याबाट मुक्त हुनेछन्”, उहाँले भन्नुभयो, “महोत्सवले प्रत्येक पालिकामा हाटबजार चलाउन पालिकालाई महोत्सवले दबाब दिनेछ।”

    जिल्ला समन्वय समिति काभ्रेपलान्चोकका उपप्रमुख रिमबहादुर तामाङले जिल्लाका सबै पालिका र सरकारी कार्यालयसँगको समन्वयमा महोत्सव भव्य रूपमा सम्पन्न भएको बताउनुभयो। सो क्रममा उहाँले महोत्सवले किसानको समस्या र उहाँहरूको उत्पादनको बजारीकरणका लागि बहस गर्ने र पैरवी गर्ने थलोका रूपमा विकास गरेको बताउनुभयो। महोत्सवमा दुई सय वटा कृषिसँग सम्बन्धित प्रदर्शनी कक्ष राखिएको थियो। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ