२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

४ महिनादेखि साउदीमा २० नेपाली अलपत्र

images

  • २०८० भदौ २९, शुक्रबार
  • 1.0K
    SHARES
  • ४ महिनादेखि साउदीमा २० नेपाली  अलपत्र

     

    भदौ २९,काठमाडौं :साउदी अरबको  अलकसिम भन्ने ठाउँमा २० नेपाली अलपत्र परेका छन् । उनीहरु  विगत चार महिनादेखि अलपत्र परेका हुन् । सितापाइलामा रहेको एडभेन्चर ह्युमन रिर्सोसमार्फत साउदी पुगेका उनीहरूले अलपत्र परेका बताएका छन् । 


    करिब डेढ वर्ष अघि साउदी पुगेका उनीहरूलाई चार महिनादेखि कम्पनीले काम र तलब नदिएर विचल्ली बनाएको हो ।  अलपत्र परेकाहरूको बास सडकमा छ । उनीहरूलाई विभिन्न व्यक्ति तथा संस्थाको सहयोगमा खाने व्यवस्था मिलाइएको छ । 


    ‘काम पनि दिएको छैन् । तलब पनि दिएको छैन् । हामीलाई खानको लागि १०–१५ दिनमा १०० रियाल दिइरहेको छ । त्यो पैसाले हामीले के गर्ने ? मेनपावर कम्पनीसँग भन्दा चुप लागेर बस भनिरहन्छ । उल्टै गुण्डा लगाएर धम्की दिन्छ ।’ एक पीडितले बताए। 

    बाथरूमको पानी खाएर बस्नु परेको ती पीडितको भनाई छ । कम्पनीले उनीहरू सबै जनाको पासपोर्ट खोसेर राखेको हो ।  यो विषय सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सरकारको ध्यानाकर्षण भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले उनीहरूको उद्धारको पहल थालेको हो । रोजगारदाता कम्पनीसँग सम्बाद भएको मन्त्रालयले जनाएको छ । 

    वैदेशिक रोजगार विभागका महानिर्देशक मदन दहालले श्रम काउन्सुलर गएर भेटेर कुराकानी भइसकेको जानकारी दिनु भएको छ ।  ‘सप्लायर्स कम्पनिमार्फत गएका रहेछन्। अर्को काममा लगाउन नसकेको रहेछ। खान बस्न समस्या थियो। अहिले श्रम कन्सुलरमार्फत त्यसको व्यवस्था मिलाईएको छ । 

    रोजगारदाता कम्पनीसँग समेत छलफल भइरहेको उहाँले बताउनु भयो । उनीहरू काममा पुनःस्थापित गराउने सहमति भएको छ उहाँको भनाई छ।  सहमति कार्यान्वयन नभएको खण्डमा वा ढिलाई भएको खण्डमा श्रम अदालत जाने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ