२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

कुशे औँसी : गाेकर्णेश्वरलगायत तीर्थस्थलमा भक्तजनकाे भिड (तस्बिरसहित)

images

  • २०८० भदौ २८, बिहीबार
  • 1.4K
    SHARES
  • कुशे औँसी :  गाेकर्णेश्वरलगायत तीर्थस्थलमा भक्तजनकाे भिड (तस्बिरसहित)

    भदौं २८,काठमाडौं : आज कुशे औँसी। बुबाको मुख हेर्ने दिन मनाइँदै छ। 

    77.jpg
    undefined

    कुशे औँसीको अवसरमा आज काठमाडौँको पशुपतिनाथ, गोकर्णेश्वर लगायतका तीर्थस्थलमा भीड लागेको छ। कुशे औँसीको अवसरमा गोकर्णेश्वर, पशुपतिनाथ मन्दिर क्षेत्रस्थित बागमती नदी किनारमा आफ्नो पिता गुमाएकाहरूले श्राद्ध, पितृको नाममा तर्पण एवं पिण्ड दान दिई पितालाई सम्झनेहरूको भीड देख्न सकिन्छ।

    777.jpg
    undefined

     

    दिवङ्गत पितृलाई तर्पण, सिदादान र पिण्ड अर्पण गर्न आज बिहानैदेखि काठमाडाँैको उत्तर पूर्वी भेगस्थित गोकर्णेश्वर उत्तरगया (पितृ तीर्थ धाम)मा भक्तजनको भीड लागेको छ। भाद्रकृष्ण औंसीका दिनमा गोकर्णेश्वरमा गई तर्पण, सिदादान र पिण्डदान गर्नाले २१ पुस्ता अघिदेखिका पितृहरु तर्दछन् भन्ने धार्मिक विश्वास छ। 

    7777.jpg

    यही विश्वासका कारण आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी र बौद्ध धर्मावलम्बीकोसमेत गोकर्णेश्वर मन्दिर परिसरमा भीड लागेको हो। गोकर्णमा भक्तजनको भीडका कारण आज बिहानैदेखि सुन्दरीजल –जोरपाटी  र बागमतीको कोरिडोर भएर गुड्ने सवारीसाधनलाई निषेध गरिएको बौद्धस्थित ट्राफिक प्रहरी वृत्तले जनाएको छ।

    सत्ययुगमा ब्रह्माले नै स्थापना गरेको स्थल भएकाले यहाँ आई पितृलाई तर्पण, सिदादान र पिण्डदान गर्नाले अगति परेका पितृ पनि तर्दछन् भन्ने धार्मिक विश्वासका कारण पनि आज भाद्र कृष्ण औंसीका दिनमा यस मन्दिरमा भक्तजनको भीड बढ्ने गरेको मन्दिरका पूजारी जगदीश भट्ट जानकारी दिनुहुन्छ।

    77777.jpg
    undefined


     
    गोकर्णेश्वरमा आएका भक्तजन भने धार्मिकरुपमा धेरै महत्व भए पनि गोकर्णेश्वरमा गर्न सकिने जति राम्रो व्यवस्थापन हुन नसक्दा दुःख पाइएको बताउँछन्। भक्तपुर चागुनारायणबाट आउनुभएकी दर्शनार्थी जया खत्री गाडीको असुविधाले मेलामा दुःख पाइएको बताउनुहुन्छ। “मन्दिर आसपासमा साँघुरो बाटो भएकाले गाडी चल्न नसकेको रहस्य मैले मन्दिरमै आएर मात्र थाहा पाएँ”–उहाँ भन्नुहुन्छ। 
      

    यस्तै, चितवन, नवलपुर र तनहुँको सिमानामा पर्ने त्रिशूली र कालीगण्डकी नदीको सङ्गमस्थल देवघाट वेणीमा पनि पितृको नाममा तर्पण तथा दान गर्न आएका भक्तजनकाे घुइँचाे लागेकाे छ । 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ