२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

images

  • २०८० भदौ २६, मंगलबार
  • 521
    SHARES
  • सोतीखोला खानेपानी आयोजनाबाट चार सय ४२ घरघुरी लाभान्वित

    भदौ २६, काठमाडौं : सोतीखोला लिफ्टिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएसँगै लामो समयदेखि खानेपानी चरम अभाव भोग्दै आएका गोरखा नगरपालिका–९ स्थित लक्ष्मीबजार र आसपासका क्षेत्रका करिब ४४२ घरधुरीमा घरघरमा खानेपानीको सुविधा पुगेको छ।

    यस आयोजना निर्माण वि सं २०७३ देखि सुरु भएको थियो। यस आयोजनाबाट हालसम्म ४४२ घरघुरीमा खानेपानी धारा जडान गरी पानी वितरण गरिसकिएको छ र करिब ५०० घरघुरीमा खानेपानी वितरण गर्ने  लक्ष्य रहेको छ। 

    आयोजना निर्माणका लागि खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयमार्फत रु २ करोड ८४ लाख ७१ हजार ५ सय ५५ खर्च भएको अध्यक्ष कुलबहादुर कुँवरले जानकारी दिनुभयो।

    यस आयोजनाबाट लक्ष्मीबजार, शिखर, पदेलडाँडा, चिसापानी, डाँडागाउँ र मार्चुगाउँमा खानेपानीको सुविधा पुगेको सिद्ध बागेश्वरी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्षले जानकारी दिनुभयो।

    शहिद लखन गाउँपालिका वडा नम्बर १ स्थित सोती खोलाबाट लिफ्टिङ प्रविधिबाट पानी तानेर उपभोक्तालाई वितरण गर्न सुरु गरिएको हो। “मूलबाट ३ ठाउँमा लिफ्टिङ ट्याङ्की निर्माण गरी उपभोक्तालाई आयोजनाले खानेपानी वितरण गर्दै आएको छ”, उहाँले भन्नुभयो, “मूलबाट डिप्लिङ खोरियामा १ लाख ५० हजार, रातोमाटेमा १ लाख र मुख्य वितरण गर्ने शिखरआहाल डाँडामा  २ लाख लिटरको ट्याङ्की निर्माण गरी पानी वितरण गरिएको हो।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ