२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

images

  • २०८० भदौ २६, मंगलबार
  • 1.1K
    SHARES
  • सुवास नेम्वाङको शव श्रद्धाञ्जलीका लागि आज र भोलि पार्टी कार्यालयमा राखिने

    भदौ २६ काठमाडौँ : नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको शव भोलि (बुधबार) सम्म नेकपा एमालेको च्यासलस्थित पार्टी कार्यालयमा राखिने भएको छ।

    भोलि अपाराह्नपख मात्रै अन्तिम संस्कार हुने इलाम १ का सांसद महेश बस्नेतले जानकारी दिए। उनका अनुसार नेम्वाङको शब अहिले ७ बजे ललितपुर, च्यासलस्थित पार्टी कार्यालय लगिँदै छ।

    पूर्वसभामुख समेत रहेका नेम्वाङलाई राति १ बजे हृदयघात भएको थियो।सामान्य रुघाखोकी लागेर घरमा आराम गरिरहनुभएका नेम्वाङलाई राति १ बजे हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज पुर्‍याइएको थियो। उपचारको क्रममा उहाँका निधन भएको घोषणा गरेको अस्पताल स्रोतले बताउनुभयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ