२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेप्से सूचक दोहोरो अंकले घट्यो

images

सत्कार खबर
  • २०८० वैशाख २४, आइतबार
  • 1.1K
    SHARES
  • नेप्से सूचक दोहोरो अंकले घट्यो

    साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०२ प्रतिशतले गिरावट आएको छ । आइतबार बजार सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.१२ अंकले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको हो ।

    काठमाडौं :  साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार परिसूचक नेप्से १.०२ प्रतिशतले गिरावट आएको छ । आइतबार बजार सुरुवाती समयदेखि नै घट्दो क्रममा रहेको नेप्से १९.१२ अंकले गिरावट हुँदा १८५०.६१ अंकमा बन्द भएको हो ।

    आइतबार  हाइड्रोपावर उपसूचकमा सर्वाधिक २.०४ प्रतिशतको गिरावट हुँदा होटल तथा पर्यटन उपसूचकमा १.७९ प्रतिशतले गिरावट भएको छ । निर्जीवन बीमा, लघुवित्त, लगानी, विकास बैंक र वित्त कम्पनीमा पनि १ प्रतिशत भन्दा माथिको गिरावट भएको छ ।

    जसले गर्दा कारोबार रकम संकुचित भएर आइतबार ६० करोडमा सीमित भएको छ ।आइतबार नेप्सेमा २३ हजार ५१ वटा कारोबारमा २० लाख १५ हजार ९५९ कित्ता धितोपत्र किनबचे हुँदा ६० करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको हो । जसमध्ये शिवम् सिमेन्टको सर्वाधिक ३ करोड २३ लाखको कारोबार हुँदा, मकर जितुमाया सुरी हाइड्रोपावरको १ करोड ९० लाख र नबिल बैंकको १ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

     नेप्सेमा कुल २१८ सूचीकृत कम्पनीको सेयर कारोबार भएकोमा १८७ कम्पनीको सेयरमूल्यमा गिरावट भएको छ । यस्तै २३ कम्पनीको सेयरमूल्यमा वृद्धि हुँदा ८ कम्पनीको सेयरमूल्य स्थिर रहेको छ ।आइतबार कारोबार भएका कम्पनीमध्ये आत्मनिर्भर लघुवित्तको सेयरमूल्य ८.२२ प्रतिशतले वृद्धि हुँदा इस्टन हाइड्रोपावरको सेयरमूल्य ७.६१ प्रतिशत र सनराइज ब्लुचिप फण्डको इकाइमूल्य ५.८७ प्रतिशतले वृद्धि भएको छ । ८.५ प्रतिशतको एनएमबी ऋणपत्रको मूल्य ८.८३ प्रतिशतले गिरावट हुँदा मकर जितुमाया सुरी हाइड्रोपावरको सेयरमूल्य ८।३१ प्रतिशत र घलेम्दी हाइड्रोपावरको सेयरमूल्य ५.८२ प्रतिशतले गिरावट भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ