२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

images

  • २०८० भदौ २५, सोमबार
  • 1.1K
    SHARES
  • वर्तमान सत्तासाझेदार गठबन्धन पाँच वर्ष टिक्छ : प्रधानमन्त्री

    भदौ २५,काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्तासाझेदार दलबीचको गठबन्धन पाँच वर्ष टिक्ने बताउनुभएको छ।

    आज विराटनगर आइपुग्नुभएका प्रधानमन्त्री दाहालले विराटनगर विमानस्थलमा पत्रकारहरुलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै सो टिप्पणी गर्नुभएको हो।     प्रधानमन्त्री दाहालसहित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न सो मोर्चामा सहभागी नेताहरु पनि यहाँ आइपुग्नुभएको छ।     
         
    सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्र्टी र नेकपा विप्लब समूह आबद्ध समाजवादी मोर्चाद्वारा आज विराटनगरमा सो सभाको आयोजना गरिएको छ।     
         
    सो सभालाई नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लब’ ले सम्बोधन गर्नुहुने कार्यक्रम छ।  

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ