२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा छन्:माधव नेपाल

images

  • २०८० भदौ २५, सोमबार
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा छन्:माधव नेपाल

    भदौ २५,काठमाडौं :पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मिसन समाजवाद लिएर आफूहरू अगाडि बढेको बताउनु भएको छ ।

     माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र नेकपा सम्बद्ध समाजवादी मोर्चाले आज विराटनगरमा आयोजना गरेको सन्देशसभामा उहाँले यस्तो बताउनु भएको हो । 

    उहाँले  सकारात्मक सन्देश दिँदै जनतामा आशा र आत्मविश्वास दिनुपर्ने बताउनु भयो ।  दोषलाई अन्त मोडेर नहुने बताउँदै प्रधानमन्त्री प्रचण्डले चलाएका अहिलेका काम राम्रा भएको उहाँको भनाई छ।

      नागरिकता वितरण, मिटरब्याज विरूद्दको कानुन निर्माण, सुशासनको पक्षमा भएका काम उल्लेख गर्दै उहाँले व्यवस्थाका अनेक त्रुटीलाई सच्याएर अगाडि बढ्न नसके जनतामा सकारात्मक उर्जा प्राप्त हुन नसक्ने बताउनु भएको छ । 


    मोर्चाले गरेका अन्य ६ वटै सभा सफल भएको बताउँदै नेपालले खुसी व्यक्त गर्नुभयो ।  । समाजवादबाटै असमानताको अन्त्य गर्ने र न्याय दिने बताउँदै उहाँले जिल्ला, पालिका र प्रदेशस्तरमा पनि मोर्चा बनाउने बताउनु भयो ।

     नेपालले सरकार र सदनको मोर्चामा रहेर जनताको आवाज उठाउने बताउनु भयो  । भ्रष्टाचारमा डुबेका, अपराधमा संलग्न रहेकाहरूलाई मोर्चाले अस्वीकार गर्नेपनि उहाँको भनाई छ। 

    नेपालको र विश्वकै परिस्थिति जटिल रहेको बताउँदै नेपालले यस्तो बेलामा राष्ट्रिय स्वाधिनताको रक्षा महत्त्वपूर्ण हुने बताउनु भयो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ