२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर

images

  • २०८० भदौ २५, सोमबार
  • 1.3K
    SHARES
  • जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर


    भदौ २५,काठमाडौं: सिन्धुपाल्चोकको जुगल गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ५ जना भ्रष्टाचारी ठहर भएका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतिवादी बनाएका १ जनाले भने सफाइ पाएका छन्। 

    उनीहरुविरुद्ध जुगल गाउँपालिकास्थित बलेफी तेम्बाथान मोटर बाटो निर्माण गर्ने क्रममा आर्थिक वर्ष २०७४र७५ मा झुटो विवरणको आधारमा रकम भुक्तानी गरेको भन्दै भ्रष्टाचार मुद्दा दर्ता भएको थियो। 

    उक्त मुद्दामा विशेष अदालत अध्यक्ष श्रीकान्त पौडेल र न्यायाधीश शालिग्राम कोइरालाको आइतबार फैसला सुनाएको हो। 


    अख्तियारले प्रमुख प्रशासकिय अधिकृत ढाकाराम अर्यालसहित ६ जना विरुद्ध २०७९ असार २ गते भ्रष्टाचार मुद्दा दायर गरेको थियो।  विशेषले प्रमुख प्रशासकिय अधिकृत अर्याल, इन्जिनियर सुरेश पौडेल, असिस्टेन्ट सब इन्जिनियर रूपक घिमिरेलाई दोषी ठहर गर्दै समग्रमा २५ लाख बिगो र जनही १० हजार जरिवाना भराउने फैसला सुनाएको छ। त्यस्तै उनीहरुलाई ३ महिना कैद गर्ने फैसला विशेषले सुनाएको छ।  विशेषले उनीहरुबाट जनही  ८ लाख ३९ हजार रुपैया असुल गर्नुपर्ने देखिएको ठहर गरेको छ। 

    अदालतले  बलेफी तेम्बाथान सडक उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र शाक्य र कोषाध्यक्ष अनुषा लामालाई पनि दोषी ठहर गरेको छ। उनीहरुलाई जनही ३ लाख ८ विगो र सोही बराबर जरिवाना गर्ने फैसला विशेषले सुनाएको छ। उनीहरलाई कैद भने तोकिएको छैन। विशेषले लेखापाल सतेन्द्र यादवलाई भने सफाई दिएको छ।  

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ