२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
बैङ्किङ

एनआईसी एशिया बैंकको प्रष्टीकरण- कुनै पनि शाखा बन्द गर्ने योजना छैन

images

  • २०८० माघ २९, सोमबार
  • 1.4K
    SHARES
  • एनआईसी एशिया बैंकको प्रष्टीकरण- कुनै पनि शाखा बन्द गर्ने योजना छैन

    काठमाडौँ : एनआईसी एशिया बैंकले कुनै पनि शाखा कार्यालयहरू बन्द गर्ने रणनीति नभएको बताएको छ। पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा आएका विभिन्न समाचारहरूमा स्पष्टीकरण दिँदै बैंकले हाल कम्पनीको शाखा बन्द गर्ने रणनीति तथा योजना नरहेको बताएको हो।

    पछिल्लो समय विभिन्न सञ्चार माध्यमहरूमा बैंकले आफ्ना ५० शाखा कार्यालयहरू बन्द गर्न लागेको र सोको स्वीकृतिको लागि नेपाल राष्ट्र बैंक समक्ष निवेदन दिएको भन्दै समाचारहरू आएका थिए। जुन विषय कपोलकल्पित तथा भ्रामक रहेको भन्दै बैंकले सोमबार एक विज्ञप्ति मार्फत जानकारी गराएको छ।

    वाणिज्य बैङ्कहरूमध्ये सबैभन्दा धेरै शाखा सञ्जाल भएको यस बैंकले हाल मुलुकभर सञ्चालन गरिरहेका ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११५ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखारहित बैंकिङ्ग सञ्जालद्वारा ४१ लाख भन्दा बढी ग्राहक महानुभावहरूमा सहज एवं सरल बैंकिङ्ग सेवा प्रदान गरिरहेको बैंकले स्मरण गराएको छ।

    देशको कूल जनसङ्ख्याको ८०% भन्दा बढी बसोबास गर्ने ग्रामीण तथा साना सहरी क्षेत्रमा बैंकले आफ्ना ७२% शाखा कार्यालयहरू स्थापना गरेको बैंकले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ