२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
वित्तीय विवरण

यूनाइटेड अजोडको नाफा ४८ प्रतिशतले वृद्धि, अन्य सूचांक कस्तो ?

images

  • २०८० माघ २९, सोमबार
  • 1.1K
    SHARES
  • यूनाइटेड अजोडको नाफा ४८ प्रतिशतले वृद्धि, अन्य सूचांक कस्तो ?

    काठमाडौँ : यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको)ले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको अधिकांश सूचकमा वृद्धि देखिएको छ।

    कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा १३ करोड १८ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ८ करोड ९१ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा ४८ प्रतिशतले वृद्धि गरेको देखिन्छ।

    कम्पनीको कुल बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ९९.७३ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन १ अर्ब १४ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा कम्पनीले ५७ करोड ९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो।

    कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ९० करोड रहेको छ। कम्पनीको प्रतिशेयर आम्दानी १३.८५ रुपैयाँ र प्रति शेयर नेटवर्थ १९४.७४ रुपैयाँ रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ