२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बीपीको समाजवाद व्यवहारमा लागु हुन सकेन : शेखर कोइराला

images

  • २०८० भदौ २४, आइतबार
  • 736
    SHARES
  • बीपीको समाजवाद व्यवहारमा लागु हुन सकेन : शेखर कोइराला

    भदौ २४,काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले बीपीको समाजवाद व्यवहारमा लागु हुन नसकेको बताउनु भयो । ११०औँ बीपी जयन्तीका अवसरमा आइतबार चितवनमा आयोजित बीपीको सालिक अनावरण तथा वृक्षरोपण कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।

    बीपीले भनेजस्तो गरिब असहाय र समाजमा पछाडि परेकाहरूलाई निःशुल्क शिक्षा, स्वास्थ्य र रोजगारको व्यवस्था हुन नसकेको उहाले बताउनु भयो ।  ।

    अग्रज नेताहरूको सम्झनामा बनाइएका कतिपय सालिक आन्दोलनका क्रममा तोडफोड गरिएको र सालिकहरूको संरक्षण गर्नका लागि अभिलेख राख्न जरुरी रहेको उहाँको भनाई छ । 

    नेता कोइरालाले लोकतन्त्रमा अराजकता नभई भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता आवश्यक रहेको बताउनु भयो । पारदर्शिता तथा जवाफदेहिता लोकतन्त्रको मूलभूत सिद्धान्त रहेको बताउदै अहिले कांग्रेस यो कुराबाट कतै विचलित भएको हो कि भन्ने आफूलाई लागेको उहाँको भनाइ छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ