काठमाडौँ : नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीको वार्षिक प्रतिशेयर आम्दानी ६०.५५ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ २०६.१४ रुपैयाँ रहेको छ। कम्पनीको हालको चुक्ता पुँजी १ अर्ब ६४ करोड रुपैयाँ रहेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा ४९ करोड ७७ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ९७ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा २३२.३४ प्रतिशतले वृद्धि गरेको देखिन्छ।
कम्पनीको कुल बीमाशुल्क आर्जन गत वर्षको तुलनामा ६.४१ प्रतिशतले वृद्धि भएको छ। गत वर्षको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ७२ करोड ५४ लाख रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६८ करोड १७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको थियो।



