२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
सेयर बजार

१०.५० अङ्कले घट्यो नेप्से, ४ अर्ब बढीको कारोबार?

images

  • २०८० माघ २८, आइतबार
  • 1.4K
    SHARES
  • १०.५० अङ्कले घट्यो नेप्से, ४ अर्ब बढीको कारोबार?

    अघिल्लो ४ कारोबार दिनदेखि उकालो लागिरहेको नेप्से, आज भने घटेर बन्द भएको हो।

    काठमाडौँ : साताको पहिलो कारोबार दिन आज आइतबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से परिसूचक १०.५० अङ्क घटेर २०८५.८२ विन्दुमा भएको छ। त्यसै गरी, आज सेन्सेटिभ इण्डेक्स ३.८९ अङ्क घटेको छ तथा फ्लोट इण्डेक्स ०.६२ अङ्क भने सेन्सेटिभ फ्लोट इण्डेक्स १.०७ अङ्क घटेको छ।

    आज १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ। त्यसै गरी विकास बैङ्क, जलविद्युत र म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ भने उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक सर्वाधिक २.८८ प्रतिशत घटेको छ तथा होटल तथा पर्यटन र व्यापार उपसमूहको परिसूचक साढे १ प्रतिशतभन्दा बढी घटेको छ।

    आज दुई स्टकको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ जसमा समाज लघुवित्त वित्तीय संस्था र कुथेली बुखरी स्मल हाइड्रोपावर रहेका छन् भने त्रिशूली जलविद्युत कम्पनीको शेयर मूल्य ६.७१ प्रतिशत बढेको छ। त्यस्तै, कारोबारमा आएको एनआईसी एशिया ग्रोथ फण्ड २ को इकाई आज नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ भने युनिलिभर नेपाल र गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ७ प्रतिशतभन्दा बढी घटेको छ।

    नेप्से घटे पनि आज कारोबार रकम भने बढेको छ। गत साताको बिहीबार ३ अर्ब २१ करोडको शेयर कारोबार भएको बजारमा आज ३०५ स्टकको ८३ हजार ८७७ पटकको कारोबारमा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ७१ हजार कित्ता शेयर कारोबार भएको छ।

    कारोबार रकमका आधारमा आज पनि हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा ६२ करोड ४७ लाख ८५ हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको छ भने एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको १२ करोडभन्दा बढीको शेयर कारोबार भएको छ। आज ९१ कम्पनीको मूल्य बढेको छ भने १४८ कम्पनीको मूल्य घटेको छ तथा बाँकी ८ कम्पनीको मूल्य स्थिर रहेको छ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ