भदौ २१,काठमाडौं : संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दै छ। बैठक दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जनाएको छ।
आज कृषी तथा पशुपन्छी विकास मन्त्रालय, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय सम्बन्धी मौखिक प्रश्नहरुको सम्बन्धित माननीय मन्त्रीले उत्तर दिने कार्यसूची छ।
त्यस्तै प्रधानमन्त्री श्री पुष्पकमल दाहाल (प्रचण्ड)ले ‘राष्ट्रिय महिला आयोगको पन्ध्रौं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ।



