काठमाडौँ : प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको खुद मुनाफा र कुल बीमाशुल्क आर्जन दुवै बढेको छ।
कम्पनीले यस आर्थिक वर्षको पुस मसान्तसम्ममा १७ करोड ६४ लाख रुपैयाँ खुद नाफा गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १२ करोड ९६ लाख रुपैयाँ रुपैयाँ नाफा आर्जन गरेको थियो। कम्पनीले एकै वर्षमा ३६.१० प्रतिशतले वृद्धि गरेको देखिन्छ।
त्यस्तै, समीक्षा अवधिमा कम्पनीको बीमाशुल्क आर्जित रकम गत वर्षको तुलनामा ९६ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक वर्षमा १ अर्ब ३ करोडको बीमा व्यवसाय गरेको कम्पनीले यस वर्ष झन्डै शतप्रतिशतले वृद्धि गरेर २ अर्ब ३८ करोड रुपैयाँ पुराएको छ।
समीक्षा अवधिमा कम्पनीले २३ करोड ८ लाख रुपैयाँ अभिकर्ता कमिसन मार्फत खर्चिएको छ। गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ७० लाख रुपैयाँ खर्चिएको थियो। कम्पनीको जीवन बीमा कोष ८ अर्ब ५१ करोड नाघेको छ। कम्पनीको चुक्ता पुँजी ४ अर्ब २९ करोड पुगेको छ भने जगेडा कोषमा ६६ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ८.२१ रुपैयाँ रहेको छ भने प्रति शेयर नेटवर्थ १२०.१० रुपैयाँ रहेको छ।



