भदौ १८, काठमाडौं : काठमाण्डौको बसुन्धारामा आइतबार राति पौने १ बजे भएको भ्यान र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु र एक जना घाइते भएका छन्।
प्रदेश ३ –०२–००६ प ६४०५ नम्बरको मोटरसाइकल बाग्मती प्रदेश ०१–०२७ च ६७४७ नम्बरको भ्यानमा ठोक्किँदा मोटरसाइकलका चालकको मृत्यु भएको प्रहरीले जानकारी दिनुभयो।
मृत्यु हुनेमा सङ्खुवासभा मकालु गाउँपालिका १ का २७ वर्षका दावा दोर्जे शेर्पा रहेका छन्। यस्तै,घाइते हुनेमा १९ वर्षकी डोल्मा शेर्पा रहेका छन्। घाइतेलाई ग्रीनसिटी अस्पताल बसुन्धारामा उपचार भइरहेको प्रहरीले जानकारी दिनुभयो।



