भदौ १७, काठमाडौं : काठमाडौंको पेप्सीकोला–काँडाघारी सडकखण्डमा एउटा बसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा ७ जना घाइते भएका हुन्।
आज बिहान करिब ७ः४५ बजेतिर दुर्घटना भएको हो। दुर्घटनाका घाइतेलाई मिनभवनस्थित सिभिल अस्पताल र मदरल्याण्ड अस्पतालमा उपचार भइरहेको काँडाघारी प्रहरीले जानकारी दिनुभयो।
घटनाको विस्तृत विवरण आउन बाँकी छ।



