२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कतिले पाए ?

images

  • २०८० भदौ १५, शुक्रबार
  • 866
    SHARES
  • सन नेपाल लाइफको आइपीओ बाँडफाँड, कतिले पाए ?

    भदौ १५, काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणमा निष्काशन गरेको आईपीओ बाँडफाँड भएको छ।  बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङले आज शुक्रबार बिहान शेयर बाँडफाँड गरेको हो।  

    कम्पनीको आईपीओ १० कित्ताका दरले ७ लाख ६८ हजार आवेदकले पाएका छन्। १४ लाख ६६ हजार ८६२ जनाको आवेदन परेकामा ६ हजार ८०१ जनाको आइपीओ रद्द भएको छ। १४ लाख ६० हजार ६१ वटा आवेदन सदर भएकोमा  तीमध्ये गाेलाप्रथामार्फत ७ लाख ६८ हजारलाई आइपीओ वितरण गरिएको हो । सदर आवेदकमध्ये नै ६ लाख ९२ हजार ६१ आवेदककाे हात खाली भएकाे छ।

    कम्पनीले साउन ३२ देखि भदौ ४ गतेसम्म सर्वसाधारणलाई  ७६ लाख ८० हजार कित्ता शेयर निष्काशन गरेको थियो। कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गरेको थियो।

    जसमध्ये ९ लाख ६० हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँड भैसकेको छ। सामुहिक लगानी कोषका लागि ४ लाख ८० हजार कित्ता र कम्पनीका कर्मचारीहरुका लागि ४ लाख ८० हजार कित्ता सुरक्षित राखेको थियो । बाँकी ७६ लाख ८० हजार कित्ता बिक्रीका लागि सर्वसाधारणबाट आवेदन माग गरिएको थियो।

    आईपीओको नतिजा केहि समयपछि प्रकाशन हुने छ। नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टको वेबसाइट https://www.nsmbl.com.np, सिडीएससीको मेरोशेयरको  वेबसाइट , सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट  हेर्न सकिने छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ