भदौ १३, काठमाडौं : पाल्पाको जोर्तेमा सुख्खा पहिरोले स्कार्पियो पुरिँदा तीन जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको स्कार्पियो बुधवार बिहान डुङ्गासहितको पहिरोले पुरिएको हो।
जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ। स्थानीय र प्रहरीसहितको टोली उद्धारमा लागेको छ।
मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ। स्कार्पियोमा कति यात्रु यात्रा गरेको भन्ने यकिन भने भएको छैन । याे घटना तानसेन तम्घास सडक खण्डमा पर्छ । दुर्घटनाबारे थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
जीपलाई जोर्तेमा ढुंगा सहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ।



