२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

जनताको अपेक्षामा ठेस लाग्न दिनु हुदैन: नेता पुन

images

  • २०८० भदौ १२, मंगलबार
  • 926
    SHARES
  • जनताको अपेक्षामा ठेस लाग्न दिनु हुदैन:  नेता पुन

    भदौ १२,काठमाडौं :नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले जनताको अपेक्षा अहिले पनि माओवादीले सरकारको नेतृत्व गरोस् भन्ने रहेको  बताउनु भएको छ ।

    मंगलबार काठमाडौंमा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै उपमहासचिव पुनले जनताको अपेक्षा अहिले पनि प्रधानमन्त्री पुष्पकमल दाहाल र दाहाल वरपरका नेताहरूले नेतृत्व गरोस् भन्ने अपेक्षा रहेको बताउनु भएको  हो । 

    जनताको सो अपेक्षामा ठेस लाग्न दिनु नहुने बताउँदै उहाँले पार्टीका कमजोरीलाई सच्याएर आगामी दिनमा देशको राजनीति सही दिशामा लैजानुपर्ने बताउनु भयो ।  

    सत्ता गठबन्धन, समाजवादी मोर्चा र पार्टीलाई समन्वयात्मक ढंगबाट अघि बढाउँदै लैजाने आजको पार्टीको कार्यदिशा भएको उपमहासचिव पुनको भनाई छ।

    ‘

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ