भदौ ११,काठमाडौं :नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी विभाजन हुँदा खुसी हुनेहरूलाई कसरी जुट्दैछौं भन्ने देखाउने बताउनु भएको छ । एमसीसी कार्यान्वयविरूद्ध सोमबार पार्टीले गरेको अन्तरक्रिया कार्यक्रममा उहाँले यस्तो बताउनु भएको हो ।
उहाँले सबै कम्युनिस्टहरू एक ठाउँमा आउने जिकिर गर्नु भएको छ । फुटेका भनेका पनि यहाँ जुटेका छन् । बाहिर खुसी भएर रमाएका थिए, बल्ल खायौ भनेर । अब हेर हामी कसरी जुट्दैछौं’ उहाँले भन्नु भयो, ।
कार्यक्रममा पूर्वमाओवादी लडाकु, नेपाली सेनाका पूर्व जनरल, झापा विद्रोहका योद्धाहरूदेखि सशस्त्र विद्रोह गरेका माओवादीसम्म एक ठाउँमा उभिएकोमा उहाँले खुसि व्यकत गर्नु भएको छ ।
देशमाथि इतिहासकै ठुलो साम्राज्यवादी हमला हुन लागेको भन्दै उहाँले राष्ट्रियताको रक्षाका लागि सबै प्रगतिशील पार्टीहरू एक ठाउँमा आउन जरुरी रहको बताउनु भयो ।



