काठमाडौं : लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाउनु भएको छ ।
मंगलबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत प्राप्त गर्नु भएको हो । उहाँको पक्षमा ५३ मत र विपक्षमा २९ मत खसेको हो । मुख्यमन्त्री चौधरीलाई माओवादी, नागरिक उन्मुक्ति लगायतका ८ दलले पक्षमा मत दिए भने एमालेले विपक्षमा मत दिएका हुन् ।
गत वैशाख ११ मा विश्वासको मत नपाएर नेकपा एमालेका लिला गिरी नेतृत्व सरकार ढलेपछि सत्तारुढ दलको समर्थनमा कांग्रेसका चौधरी १४ वैशाखमा मुख्यमन्त्री नियुक्त हुनु भएको थियो ।



