२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

श्री एयरलाइन्सका सबै उडान स्थगित

images

  • २०८० असार १७, आइतबार
  • 866
    SHARES
  • श्री एयरलाइन्सका सबै उडान स्थगित

     काठमाडौं :आज श्री एयरलाइन्सका सबै उडान स्थगित हुने भएका छन् । श्री एयरलाइन्स प्रालिले आइतबारका लागि पूर्व निर्धारित सबै उडानहरू स्थगित गरेर विमान परीक्षण गर्ने भएको हो । एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले शनिवार जारी गरेको प्रेस नोट अनुसार आइतबारका सबै उडान स्थगित गरिएको जानकारी दिनु भयो । 

    उहाँले श्री एयरलाइन्सका सबै उडान स्थगित गरी आइतबार दिनभर कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको बताउनु भएको छ । सोमवारदेखि भने सबै उडान नियमित रूपमा सञ्चालन हुनेछन् ।

    शनिवार काठमाडौंबाट धनगढीका लागि दिउँसो ३ः३० बजे उडेको विमानमा प्राविधिक समस्या आएको थियो । जस कारण धनगढी उडेको सो विमान पुनः काठमाडौं नै फिर्ता गरी अवतरण गराइएको थियो ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ