काठमाडौं :राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा चलिरहेको आन्दोलनमा डा. गोविन्द केसीले साथ दिन पुग्नुभएको छ ।
यसअघि चिकित्सा क्षेत्रको सुधारका लागि पटक–पटक अनसन बस्नु भएका केसी आइतबार पुनको धर्नामा साथ दिन माइतीघर पुग्नु भएको हो ।
आविष्कारको क्षेत्रलाई उकास्न सरकार गम्भीर हुनुपर्ने माग राख्दै पुनले थालेको आन्दोलनमा विभिन्न राजनीतिक दल र नागरिक समाजका अगुवाले साथ दिइरहेका छन् ।
यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि आजै पुनको आन्दोलनमा सहभागी हुनु भएको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि हरेक वर्ष बजेट छुटाउनुपर्ने माग गर्दै धर्ना थालिएको हो ।



