२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

लुक्ला विमानस्थलमा २ महिनामा साडे ६ हजार बढि उडान -अवतरण

images

  • २०८० असार ८, शुक्रबार
  • 1.1K
    SHARES
  • लुक्ला विमानस्थलमा २ महिनामा  साडे ६ हजार बढि  उडान -अवतरण

    काठमाडौं: तेन्जिङ हिलारी विमानस्थलमा  २ महिनामा ६ हजार ६ सय ९३ उडान–अवतरण भएको छ । अप्रिल र मे महिनामा लुक्ला विमानस्थलमा एक हजार चार सय ७४ हवाईजहाज र पाँच हजार दुई सय २० हेलिकोप्टरले उडान तथा अवतरण गरेका हुन  सगरमाथा आरोहण तथा खुम्बु पदयात्राका लागि वसन्त ऋतु सबैभन्दा उत्तम सिजन हो ।

    यो समय पर्यटक बोक्न स्टल उडान गर्ने जहाज र हेलिकोप्टर कम्पनी सगरमाथा क्षेत्रमै केन्द्रित हुने गरेका छन ।   हेलिकोप्टरले लुक्लामा झरेका पर्यटकलाई नाम्चे, कोङ्दे, गोक्यो लेक, एभरेस्ट बेसक्याम्प, कालापत्थरलगायत ठाउँमा घुमाउने गर्छ । यस्तै, आरोहण र पदयात्राका क्रममा बिरामी वा अलपत्र हुने पर्यटकलाई हेलिकोप्टरले ‘रेस्क्यु’ पनि गर्ने गर्छ  । 

     अप्रिल र मे महिनामा जहाज र हेलिकोप्टरले ४७ हजार आठ सय यात्रुलाई बोकेको लुक्ला विमानस्थल कार्यालयको तथ्यांक छ । जसमध्ये १७ हजार यात्रु लुक्लामा अवतरण गरे भने २६ हजार ६ सय ५४ यात्रुहरू लुक्लाबाट रामेछाप, काठमाडौंसहित सगरमाथा क्षेत्रका विभिन्न ठाउँतर्फ उडेको विमानस्थल प्रमुख महेश श्रेष्ठले बताउँनुभयो ।   

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ