काठमाडौं : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अहिलेको गठबन्धन प्रदेशसभाको अवधिभर रहने बताउनु भएको छ ।
मुख्यमन्त्री नियुक्त भएपछि पत्रकारहरुसँग कुरा गर्दैैै उहाँले यस्तो बताउनु भएको हो ।
कांग्रेस–माओवादीसहितको गठबन्धन यो प्रदेशसभाको अवधिभर रहने समेत जानकारी गराउनुभयो । उहाँले भन्नु भयो ,यो गठबन्धन प्रदेशसभाको अवधि जति छ, त्यति नै जान्छ । सरकारको नेतृत्वमा भने आलोपालो हुने मुख्यमन्त्री पाण्डेले बताउनु भयो ।
उहाँले अब छिटै मन्त्रिपरिषदलाई पूर्णता दिने र सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्ने दाबी गर्नु भयो । मन्त्रिपरिषद ७ सदस्यीय भन्दा नबढ्ने पनि उहाँले बताउनु भयो ।



