२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न मन्त्री किरातीको आग्रह

images

सत्कार खबर
  • २०८० पुस १५, आइतबार
  • 1.3K
    SHARES
  • हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राख्न मन्त्री किरातीको आग्रह

    काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले युरोपेली नियोगले नेपालको हवाई सुरक्षामा लगाएको कालोसूचीका सम्बन्धमा उठाइएका प्रश्नको सम्बोधन गरी त्यसको अक्षरशः पालना गर्न नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)लाई निर्देशन दिनुभएको छ।

    मुलुकको हवाई प्रशासनलाई व्यवस्थित गर्न स्थापित सो प्राधिकरणको २५औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले हवाई सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर यात्रुमैत्री वातावरण बनाइ देशको उच्च छवि कायम गर्न आग्रह गर्नुभयो। उहाँले सरकार–निजी क्षेत्रको साझेदारीमा निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बन्ने जानकारी दिँदै सरकारको पर्यटन प्रवर्द्धन र विकासको नीति र लक्ष्यलाई ध्यानमा राखेर काम गर्न कर्मचारीलाई निर्देशन दिनुभयो।

    सो अवसरमा पर्यटन राज्यमन्त्री सुशीला श्रीपालि ठकुरीले प्राधिकरणले २५ वर्षको यात्राबाट पाठ सिक्दै हातेमालो गरेर भविष्यका योजनामा केन्द्रित हुन आग्रह गर्नुभयो। मन्त्रालयका सचिव डा दीपक काफ्लेले वार्षिक नीति र कार्यक्रमलाई दृढतापूर्वक कार्यान्वयन गरी लक्ष्य हासिल गर्नुपर्ने बताउनुभयो। र्यक्रममा नेपालका प्रथम ‘एयर ट्राफिक कन्ट्रोलर’ नारायणबहादुर सिंहलाई मरणोपरान्त सम्मान प्रदान गरियो भने रु एक लाख राशिको यस वर्षको ‘प्राधिकरण सेवा पुरस्कार’ निर्देशक राजु श्रेष्ठलाई प्रदान गरियो।

     यस्तै, रु २० हजार राशिको उत्कृष्ट कर्मचारी पुरस्कार उपनिर्देशक प्रभा शर्मा, प्रबन्धक ऋषि पौडेल, दिप्ता ढुङ्गाना पौडेल, द्वारिकाप्रसाद भट्टराई र विपिन बज्राचार्यलाई प्रदान गरियो। समारोहमा प्राधिकरणका महानिर्देशक ई। प्रदीप अधिकारीले हवाई सुरक्षाका लागि प्राधिकरणले सक्दो प्रयास गरिरहेको जनाउनुभयो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ