२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक

images

  • २०८० मंसिर १८, सोमबार
  • 841
    SHARES
  • मनाङमा पुगे २० हजारभन्दा बढी पर्यटक
    मङ्सिर १८, मनाङ : कोभिड महामारीपछि हिमाली जिल्ला मनाङमा सबैभन्दा धेरै विदेशी पर्यटक आएका छन्। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालय मनाङका प्रमुख ढकबहादुर भुजेलका अनुसार पछिल्लो ११ महिनामा २० हजार ८ सय भन्दा बढी बाह्य पर्यटक भित्रिएका छन्। 
     
    सन् २०२३ को जनवरीदेखि नोभेम्बरसम्म २० हजार ८ सय ६ विदेशी पर्यटक भित्रिएको प्रमुख भुजेलले बताउनु भयो। उहाँका अनुसार अक्टोबर महिनाम सबैभन्दा बढी ५ हजार १ सय ९८ पर्यटक भित्रिएका छन्। 
     
    साथै सन् २०२३ को जनवरीमा १ सय ८४, फेब्रुअरीमा ४ सय ९९, मार्चमा २ हजार ७ सय ३६, अप्रिलमा ४ हजार २ सय २१, मेमा १ हजार ५ सय ७१, जुनमा २ सय ५२, जुलाईमा २ सय ५६, अगस्टमा ३ सय १६, सेप्टेम्बरमा २ हजार २ सय ५७, अक्टुबरमा ५ हजार १ सय ९८ र नोभेम्बरमा ३ हजार २ सय ४८ पर्यटक भित्रिएका छन्। 
     
    सो अवधिमा सबैभन्दा बढी फ्रान्सका नागरिक मनाङ भ्रमणमा आएका छन्। फ्रान्सका २ हजार ४ सय ८५, इजरायलका १ हजार ८३, जर्मनका १ हजार ८ सय ३७, बेलायतका १ हजार ४ सय ७३, अमेरिकाका १ हजार २ सय १३, रसियाका १ हजार १ सय ६७, अस्ट्रेलियाका १ हजार १ सय ५, नेदरल्याण्डसका ९ सय ७० र भारतका ८ सय ९७ पर्यटक भित्रिएको एक्याप मनाङले जनाएको छ।
     
    सन् २०२२ मा मनाङमा १५ हजार ९ सय ३ विदेशी पर्यटक भित्रिएका थिए। कोभिड महमारीको समयमा पनि सन् २०२० मा १ हजार ९ सय ७६ र सन् २०२१ मा २ हजार ३ सय ७३ बाह्य पर्यटक भित्रिएका थिए। साथै सन् २०१९ मा २६ हजार ६ सय ४७, सन् २०१८ मा २९ हजार ४ सय ८४ र सन् २०१७ मा २७ हजार ६८ पर्यटक भित्रिएका थिए । कोभिड महामारीपछि मनाङमा हालसम्मकै बढी पर्यटक भित्रिएका हुन् । 
     
    मनाङमा विशेष गरी साहसिक पदयात्राका लागि विदेशी पर्यटक आकर्षित हुन्छन्। विश्वकै १० औं उच्च जोखिमपूर्ण यात्रा गर्न मनाङमा पर्यटक आकर्षित हुने गरेका छन् 
     
    रसियन पर्यटक लुले प्राकृतिक वातावरणको अनुभव गर्न नेपाल आएको बताउनुभयो। उहाँले भन्नुभयो, “हामी प्रविधिमार्फत एकै ठाउँमा बसेर धेरै स्थान पुग्न सक्छौं। तर, शारीरिक रुपमै पुगेर प्रकृतिसँग रमाउनुको मज्जा नै छुट्टै छ। नेपाल प्राकृतिक रुपमा धनी छ। यसको महसुस गर्न सक्नुपर्छ। सबै देशका मानिस एक नेपालको प्रकृतिसँग रमाउन आउनुपर्छ।” उहाँ जस्तै अधिकांश विदेशी पर्यटक नेपालको रमणीय प्रकृतिसँग रमाउन आउने गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ