२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

हिमलुङ पहिरो अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या ७ पुग्यो

images

  • २०८३ असोज १४, बुधबार
  • 181
    SHARES
  • हिमलुङ पहिरो अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या ७ पुग्यो

    काठमाडौँ : मनाङको नार्पाभूमि गाउँपालिका-५ स्थित हिमलुङ हिमालमा गएको हिउँ पहिरोमा परी बेपत्ता भएकामध्ये थप तीन जनाको शव फेला परेको छ।

    मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालका अनुसार बुधबार गोरखा धार्चे-२ (केरौंजा) का आश गुरुङ, खोटाङ ऐसेलुखर्क-३ का सुरज राई र रुकुम (हुकाम) का कलम बुढाको शव फेला परेको हो। शव भेटिएका तीनै जना ‘हिमालयन होलिडेज’ ट्रेकिङ एजेन्सीमार्फत हिमाल आरोहणमा खटिएका थिए।

    यससँगै हिमलुङ पहिरोमा ज्यान गुमाउनेको संख्या ७ पुगेको छ। यसअघि आइतबार छेबी भोटे र पासाङ भोटे तथा सोमबार वीरेन्द्र गुरुङ र घनश्याम राईको शव भेटिएको थियो। घटनामा अझै ९ जना बेपत्ता छन्। बेपत्ता हुनेमा हिमालयन होलिडेजका ७ र इम्याजिन नेपालका २ जना रहेका छन्।

    बेपत्ता भएकाहरूको खोजी तथा शव संकलनका लागि नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनका आईएफएमजीए (IFMGA) गाइड पासाङ काजी शेर्पा र विक्रम कार्कीको नेतृत्वमा टोली परिचालन गरिएको छ। उद्धार टोलीले अहिले घटनाथलोमा तीव्र रूपमा खोजी कार्य जारी राखेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ