काठमाडौँ: यस वर्षको शरद् ऋतुमा नेपालका विभिन्न हिमाल आरोहणका लागि ६३७ जना आरोहीले औपचारिक स्वीकृति लिएका छन्। पर्यटन विभागका अनुसार कुल ६८ वटा आरोहण टोलीमार्फत उनीहरूले अनुमति पाएका हुन्।
हिमाल चढ्न अनुमति लिनेमा ४७४ जना पुरुष र १६३ जना महिला आरोही रहेका छन्। विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार यी आरोहण अनुमति प्रदान गरेबापत सरकारलाई २३ करोड ८५ लाख १७ हजार ७९७ रुपैयाँ रोयल्टी प्राप्त भएको छ।
मनास्लुमा सबैभन्दा बढी आकर्षण :
यस याममा आरोहीहरूको पहिलो रोजाइ ८,१६३ मिटर अग्लो मनास्लु हिमाल बनेको छ। मनास्लु आरोहणका लागि मात्रै ४३ वटा टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्।
यस्तै, अन्य प्रमुख हिमालहरूमा:
-
धौलागिरि–१ : ४ टोलीका ३४ जना
-
पुथा हिउँचुली : २ टोलीका २० जना
-
डाङ्गा हिउँचुली : २ टोलीका १६ जना
-
बरुणत्से हिमाल : १ टोलीका १० जना



