२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा बाढीका कारण ४०३ पर्यटक सम्पर्कविहीन : कुन देशबाट कति ?

images

  • २०८३ भदौ १०, बुधबार
  • 426
    SHARES
  • रसुवा बाढीका कारण ४०३ पर्यटक सम्पर्कविहीन : कुन देशबाट कति ?

    काठमाडौँ : अविरल वर्षापछि रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ४ सय ३ जना पर्यटक सम्पर्कविहीन भएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार बेपत्ता हुनेहरूमा ३ सय ४१ जना विदेशी र ६२ जना नेपाली पर्यटक रहेका छन्। लिङ्गका आधारमा सम्पर्कविहीन हुनेमा २ सय ३ जना पुरुष र २ सय जना महिला रहेका छन्।

    पर्यटन बोर्डले दिएको विवरण अनुसार बेपत्ता हुने विदेशी पर्यटकमा सबैभन्दा बढी भारतीय नागरिक रहेका छन्। हालसम्म प्राप्त तथ्याङ्क अनुसार सम्पर्कविहीन पर्यटकको अवस्था निम्न अनुसार छ:

    १) भारत: १३३ जना

    २) अमेरिका: ४७ जना

    ३) अस्ट्रेलिया: ३४ जना

    ४) बेलायत: ३३ जना

    ५) क्यानडा: २४ जना

    ५) मलेसिया: १९ जना

    ६) युक्रेन: ७ जना

    ७) अफ्रिका: ६ जना

    ८) सिंगापुर: ६ जना

    ९) न्यूजिल्यान्ड: ५ जना

    १०) जापान: ५ जना

    ११) जर्मनी: ४ जना

    १२) फ्रान्स: ३ जना

    १३) स्पेन: २ जना

    बाढी प्रभावित क्षेत्रमा उद्वार तथा खोजी कार्य जारी राखिएको र सम्पर्कविहीन भएकाहरूसँग सम्पर्क स्थापित गर्ने प्रयास भइरहेको पर्यटन बोर्डले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ