२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो

images

  • २०८२ मंसिर ३, बुधबार
  • 671
    SHARES
  • आज बालाचतुर्दशी, पशुपति क्षेत्रमा शतबीज छर्नेको घुइँचो

    काठमाडौं : बालाचतुर्दशी पर्वको अवसरमा आज बिहानै पशुपति क्षेत्रमा भक्तजनले दिवंगत पितृका नाममा शतबीज छरेका छन्। अघिल्लो दिन अर्थात् त्रयोदशीको बेलुकीदेखि अखण्ड महादीपदान गरी रातभर जाग्राम बसेका श्रद्धालुहरूले बिहानै सात प्रकारका अन्न मिसाइएको शतबीज छरेर पितृ तर्पण गरेका हुन्।

    चलनअनुसार धान, जौ, तिल, गहुँ, चना, मकै र कागुनो मिसाएर शतबीज छर्ने गरिन्छ। भक्तजनले पशुपति क्षेत्रका एक सय आठ शिवलिङ्ग, कैलाश, सूर्यघाट, गौरीघाट, आर्यघाट, गुह्येश्वरी, मृगस्थली, विश्वरूप र किराँतेश्वरलगायत स्थानमा शतबीज छरेका छन्।
    मृगस्थलीस्थित बहिरा गणेश नजिक पुग्दा श्रद्धालुहरूले गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरमा दिवंगत आत्माले सन्देश पाओस् भन्ने प्रार्थना गरेका थिए।

    प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन मनाइने बालाचतुर्दशी पर्वमा देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिनाथ आउँछन्। यस अवसरमा त्रयोदशीको बिहानैदेखि पशुपति क्षेत्रमा भक्तजनको भीड लाग्ने परम्परा रहिआएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ