२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मार्च ३१ गतेदेखि हिमालय एयरलायन्सले पोखरा–ल्हासा उडान गर्दै

images

  • २०८१ फागुन १९, सोमबार
  • 1.9K
    SHARES
  • मार्च ३१ गतेदेखि हिमालय एयरलायन्सले पोखरा–ल्हासा उडान गर्दै

    काठमाडौँ : हिमालय एयरलायन्सले पोखरा र ल्हासाबीच उडान गर्ने भएको छ । एयरलायन्सले हप्तामा एक उडानको तयारी गरेको हो । उडान मार्च ३१ देखि सुरु हुनेछ ।

    “हामीले काठमाडौं–ल्हासा–पोखरा–ल्हासा–काठमाडौं सेक्टर जोड्न तथा मागको आधारमा आगामी दिनमा उडानहरू थप्ने योजनासहित हप्तामा एउटा उडान सञ्चालन गर्दैछौँ,” एयरलायन्सले जारी गरेको विज्ञप्तिमा भनेको छ ।

    पहिलो उडान मार्च ३१ बिहान साढे ८ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ल्हासा गोंगर विमानस्थलमा पुग्ने र सोही दिन ल्हासा–पोखरा उडान दिउँसो १ः१५ हुने जनाइएको छ ।

    “हिमालयको मुख्य उद्देश्य चीनका विभिन्न १० पर्यटकीय क्षेत्रमा उडान सञ्चालन गर्ने र १० लाख चिनियाँ पर्यटकलाई नेपालमा स्वागत गर्ने हो,” हिमालय एयरलायन्सका उपाध्यक्ष विजय श्रेष्ठले भने ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ