२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

पर्यटन मन्त्रालयको १०० दिन: नीतिगत सुधार र संरचनागत विकासमा ऐतिहासिक कदम

images

  • २०८१ कात्तिक ५, सोमबार
  • 1.4K
    SHARES
  • पर्यटन मन्त्रालयको १०० दिन: नीतिगत सुधार र संरचनागत विकासमा ऐतिहासिक कदम

    काठमाडौँ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालैका एक सय दिनहरूमा उल्लेख्य नीतिगत र संरचनागत सुधारहरूको सुरुवात गरेको छ।

    यस अवधिमा मन्त्रालयले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई विभाजन गर्नेसम्बन्धी विधेयकलाई अगाडि बढाउँदै पर्यटन र संस्कृतिसँग सम्बन्धित विभिन्न कानुन तथा नीतिगत मस्यौदाहरूलाई मन्त्रिपरिषद्मामा  पेस गरेको छ।

    पर्यटन मन्त्रालयले पर्यटन ऐन र क्यासिनो नियमावलीको मस्यौदा तयार पारेर मन्त्रिपरिषद्मामा पेस गरेको छ। साथै संस्कृति नीतिको मस्यौदा र पशुपति क्षेत्र विकास कोष ऐन संशोधनको मस्यौदा समेत तयार पारिएको छ। भूकम्पबाट क्षतिग्रस्त ९ सय २० पुरातात्त्विक सम्पदामध्ये ८ सय को पुनर्निर्माण सम्पन्न भइसकेकोमा थप पाँच सम्पदाको पुनर्निर्माण पूरा भएको छ।

    मन्त्रालयले ग्रेट हिमालयन ट्रेलको पाँच किलोमिटर निर्माण कार्य सम्पन्न गरेको छ भने गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालन योजनालाई स्वीकृत गरी कार्यान्वयनमा ल्याएको छ।

    यसबाहेक पर्वतारोहणलाई प्रोत्साहित गर्न थप ५७ हिमालको आरोहण अनुमति खुला गरिएको छ। तीमध्ये ६ हजार ५ मिटरभन्दा कम उचाइका हिमालमा आरोहणको अनुमति प्रदान गरिएको छ। पर्वतीय अनुमति प्रणालीलाई स्वचालित बनाउने प्रक्रिया पनि पूरा भएको छ।

    लुम्बिनी विश्वसम्पदा संरक्षण कार्ययोजनाको कार्यान्वयन सुरु गरिएको छ। जसले लुम्बिनी क्षेत्रको दीर्घकालीन संरक्षणमा योगदान पुर्याउनेछ।

    अविरल वर्षा र बाढी पहिरोका कारण विचल्लीमा परेका १ सय ६३ विदेशी पर्यटकको सफल उद्धार गरिएको छ। भने विमानस्थलमा अधिकतम क्षमतामा उडान सञ्चालन गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ