२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

८ महिनामा भित्रिए ७ लाख बढी पर्यटक, कुन महिनामा कति ?

images

  • २०८१ भदौ २०, बिहीबार
  • 716
    SHARES
  • ८ महिनामा भित्रिए ७ लाख बढी पर्यटक, कुन महिनामा कति ?

    काठमाडौँ : सन् २०२४ को पहिलो आठ महिनामा नेपालमा ७ लाखभन्दा बढी विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार जनवरीदेखि अगस्तसम्म ७ लाख २० हजार ३ सय ३४ पर्यटकले नेपाल भ्रमण गरेका छन्। अगस्त महिनामा मात्र ७२ हजार ७ सय १९ विदेशी पर्यटक नेपाल भित्रिएका छन्।  जसले गत वर्षको सोही महिनाको तुलनामा ८.०३ प्रतिशतले वृद्धि देखाएको छ।

    सन् २०२३ को अगस्तमा ६७ हजार १ सय ५३ पर्यटक नेपाल भित्रिएका थिए भने सन् २०२४ को सोही महिनामा यो सङ्ख्या ५ हजार ५ सय ६६ ले वृद्धि भएको छ।

    बोर्डका निर्देशक मणिराज लामिछानेले छिमेकी मुलुक भारत र चीनसँग लक्षित पर्यटन प्रवर्द्धनात्मक कार्यक्रमले पर्यटकको आगमन बढाउने विश्वास व्यक्त गरेका छन्। बोर्डको आँकडाअनुसार भारतबाट सबैभन्दा बढी २५ हजार ८ सय ३२, चीनबाट ६ हजार ६ सय १४, अमेरिकाबाट ५ हजार ६ सय १४, श्रीलङ्काबाट ४ हजार ८सय ५१, र बङ्गलादेशबाट ३ हजार ७७ पर्यटक नेपाल भित्रिएका छन्।

    सन् २०१९ को अगस्टमा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या ९४ हजार ७ सय ४९ थियो। जसले २०२४ मा अझै पूर्णरूपमा पर्यटन पुनरुत्थानको लागि प्रयास जारी रहेको देखाउँछ।

    कुन महिनामा कति पर्यटक

    मार्च महिनामा सबैभन्दा बढी १ लाख ११ हजार ३ सय ७६ पर्यटक आएका छन् भने सबैभन्दा कम जुलाईमा ६४ हजार ५ सय ९९ पर्यटकले नेपाल भ्रमण गरेका छन् । अप्रिलमा १ लाख ११ हजार ३ हजार ७६, जनवरीमा ७९ हजार १  सय, फेब्रअरीमा ९७ हजार ४  सय २६, मेमा ९० हजार २ सय ११, जुनमा ७६ हजार ७ सय ३६ र अगस्तमा ७२ हजार ७ सय १९ पर्यटक नेपाल आएका छन् ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ