२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नेपालमा प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ सार्वजनिक

images

  • २०८१ भदौ १९, बुधबार
  • 851
    SHARES
  • नेपालमा प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ सार्वजनिक

    काठमाडौँ : नेपालको अग्रणी अटोमोबाइल वितरक पायोनियर मोटो कर्प प्राइभेट लिमिटेडले प्रिमियम लक्जरी इभी ब्रान्ड ‘जिकर’ नेपालमा सार्वजनिक गरेको छ । जिकर, चीनको गिली होल्डिङ ग्रुपको अत्याधुनिक लक्जरी विद्युतीय गाडीको ब्रान्ड हो।

    यो समारोह हायात रिजेन्सी काठमाडौंमा भव्य रूपमा आयोजना गरिएको थियो। कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, जिकर साउथ एसियाका रिजनल निर्देशक फेलिक्स हु, जिकर ग्लोबल आफ्टरसेल्स सर्भिसका निर्देशक एस्टोर झाओ, शारडा ग्रुपका प्रमुख शिव रतन शारडा, सन्दीप कुमार शारडा, प्रदीप शारडा, गौरव शारडा र गोल्छा अर्गनाइजेसनका अध्यक्ष लोकमान्य गोल्छाको उपस्थिति थियो।

    समारोहमा जिकर टिमले ब्रान्ड प्रिजेन्टेसन र जिकर नेपाल टिमले प्रोडक्ट ब्रिफ प्रस्तुत गरे। नयाँ जिकर एक्स एसयुभीको विस्तृत जानकारी ‘प्रोडक्ट भिडियो’ मार्फत दिइएको थियो। यातायातमन्त्री दाहाल, शारडा ग्रुपका प्रमुख र प्रबन्ध निर्देशकले संयुक्त रूपमा जिकर एक्सको अनावरण गरे।

    पायोनियर मोटो कर्पले हालसालै सम्पन्न नाडा अटो सो-२०८१ मा जिकर एक्सको स्ट्यान्डर्ड र फ्ल्यागसिप भेरियन्ट सार्वजनिक गरेको थियो। जिकर एक्स लक्जरी र नयाँ अनुभव चाहने ग्राहकहरूको अपेक्षा पूरा गर्न डिजाइन गरिएको गाडी हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ