२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

नाडा अटो शो २०२४ मा ४ हजारबढी सवारी बुकिङ : कुन कम्पनीको कति बुकिङ?

images

  • २०८१ भदौ १७, सोमबार
  • 1.0K
    SHARES
  • नाडा अटो शो २०२४ मा ४ हजारबढी सवारी बुकिङ : कुन कम्पनीको कति बुकिङ?

    काठमाडौँ : आइतबार सम्पन्न नाडा अटो शो २०२४ मा ४ हजारभन्दा बढी सवारी साधन बुकिङ भएको व्यवसायीहरूले दाबी गरेका छन्। यो शो गत भदौ ११ गतेदेखि १६ गतेसम्म चलेको थियो, जसमा ३८ सयभन्दा बढी चारपाङ्ग्रे सवारी साधनहरूको बुकिङ भएको दाबी गरिएको छ।

    यस शोमा समग्रमा १५ अर्ब रुपैयाँमाथिको कारोबार भएको  नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालले जनाएको छ। यसपटकको नाडा अटो शो ८० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको नाडाले जनाएको छ। यस वर्षको प्रदर्शनीमा २४ चार पांग्रे ब्रान्डहरू, १९ दई पांग्रे ब्रान्डहरू र १२ हल्का व्यावसायिक सवारी साधन ब्रान्डहरू प्रदर्शन गरिएको थियो । साथै, ३३ कम्पनीहरूमा लुब्रिकेन्ट, टायर, ब्याट्री, ग्यारेज उपकरण र अन्य अटो कम्पोनेन्टहरू रहेका छन् भने मेलामा ७ वटा बैंक तथा वित्तीय संस्थाहरूको समेत सहभागिता थियो ।

    कम्पनीहरूको दाबी अनुसार, एमएडब्लू ग्रुपले सबै ब्राण्ड तथा सेग्मेन्टहरू गरी १ हजारभन्दा बढी सवारी साधनको बुकिङ गरेको छ।

    अन्य प्रमुख ब्राण्डहरूको बुकिङ विवरण यस प्रकार रहेको छ:

    • बीवाईडी: ७१२ वटा
    • महिन्द्रा: ६० वटा
    • स्काईवेल: १३० वटा
    • नामी: ७१७ वटा
    • सेरेस: २११ वटा
    • जे: २२३ वटा
    • ओमोडा: १३० वटा
    • लिप मोटर सी: १७६ वटा
    • एमजी: १०० भन्दा बढी
    • बीएडब्लु: १२७ वटा
    • डिप्पल: १२६ वटा
    • केई: ४० वटा
    • हुन्डाई: १५० वटा
    • सुजुकी: १८४ वटा
    • सिट्रोट: ३५ वटा
    • सीजी मोटर्सको नेटा: ४० वटा
    • रिडरा: ४३ वटा
    • आयन: ३० वटा
    • एक्सपेङ: ५७ वटा
    • अवतार: १० वटा
    • सिप्रदी ट्रेडिङले टाटा मोटर्सका पन्च इभी ४७५ वटा र टियागो इभी १६९ वटा गरी कुल ६४४ वटा गाडी बुकिङ भएको जनाएको छ।

    दुईपाङ्ग्रे सवारी साधनहरूको बुकिङमा:

    • एनआईयू: ४० वटा
    • एथर: ३५ वटा
    • हिरो: ६० वटा
    • ट्राइम्फ: २०० वटा
    • रोयल इन्फिल्ड: ७० वटा
    • जिहो: ३६ वटा
    • सीएफमोटो: ५१ वटा
    • सुजुकी: १० वट
    • बजाज: ५० वटा 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ