२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
NADA AUTO SHOW 2024

नाडा अटो शोमा करिब २४ सय सवारी साधन बुकिङ, कति अवलोकनकर्ताले गरे अवलोकन?

images

  • २०८१ भदौ १६, आइतबार
  • 2.8K
    SHARES
  • नाडा अटो शोमा करिब २४ सय सवारी साधन बुकिङ, कति अवलोकनकर्ताले गरे अवलोकन?

    काठमाडौँ : आज आइतबार १६औं संस्करणको नाडा अटो शो २०२४ सम्पन्न हुँदैछ । गत भदौ ११ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको अटो शो आज छैटौं दिनमा सम्पन्न हुन लागेको हो ।  

    आयोजक अटोमोबाइल एसोसिएसन अफ नेपाल अनुसार ७५ लाख अवलोकनकर्ताहरुको सहभागिता रहने अपेक्षा राखिएको अटो शोमा सो लक्ष्य हिजो पाँचौं दिनमा नै पूरा भएको जानकारी दिनु भयो।  

    भदौ १५ गते शनिवारसम्ममा करिब ७५ हजार अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरिसकेका छन् । नाडाका सभापति अनुपकुमार बराल अनुसार ५ दिनमा ७४ हजार ६ सय ९७ अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरेका छन्। शनिबार १८ हजार ४ सय ९७ अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरेको बरालले बताउनु भयो। 

    यस्तै, पहिलो दिन साढे ८ हजार, बुधबार १५ हजार, बिहीबार साढे १५ हजार र शुक्रबार १७ हजार २ सय अवलोकनकर्ताले अटो शोको अवलोकन भ्रमण गरेका बरालले बताउनु भयो। अटो शो आइतबार सम्पन्न हुँदैछ। योसँगै यो वर्षको अटो शोको लक्ष्य पूरा भएको र भव्य सफल भएको समेत सभापति बरालको बताउनु भयो। 

    खासगरी दशैंतिहार र छठ जस्ता मुख्य पर्वलाई लक्षित गर्दै नाडाले प्रत्येक वर्ष नाडा अटो शोको आयोजना गर्ने गरेको छ । यसवर्ष भदौ ११ गतेदेखि १६ गतेसम्म ६ दिन आयोजना गरिएको अटो शोमा चार पाङ्ग्रेका २४ वटा, दुईपाङ्ग्रेका १९ वटा, ३३ वटा अटो कम्पोनेन्ट, टायर, लुब्रिकेन्ट, ब्याट्री तथा एसोसरिज ब्राण्ड तथा कम्पनीहरु गरी १३० वटा भन्दा बढी स्टलहरु तथा विक्री केन्द्र छन् । 

    व्यवसायीद्वारा उपलब्ध तथ्यांक अनुसार शनिबार बेलुका ७ बजेसम्म २४ सयभन्दा बढी सवारीसाधन बुकिङ भएका हुन्। जस मध्ये २ हजार ४ पाङ्ग्रे र ४ सय ४ पा‌ङ्ग्रे सवारीसाधन बुकिङ रहेका छन्।  

    नाडा अटो शो २०२४का तस्बिरहरू : 

    tata.jpgtataev.jpg0.jfifnada.jpg00.jfif000000.jfif0000000.jpg00000000.jpg0000000000.jpg000000000000.jpg0000000000000.jpgNADA_final_kw1TthcEiC.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ