२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images
पर्यटक

दश महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए

images

  • २०८० कात्तिक १५, बुधबार
  • 951
    SHARES
  • दश महिनामा आठ लाख पर्यटक नेपाल भित्रिए

    कात्तिक १५, काठमाडौं : सन् २०२३ को १० महिनामा ८ लाख ९ हजार ६ सय ७८ विदेशी पर्यटक नेपाल भित्रिएका छन्। नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार यस वर्षको जनवरी देखि अक्टोबर महिनासम्म सो सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका हुन्। 

    अक्टोबर महिनामा मात्रै हवाई मार्ग भएर १ लाख १७ हजार ३ सय ६ पर्यटकले नेपाल भ्रमण गरेका छन्। सन् २०२२ को सोही अवधिमा ८८ हजार ५ सय ८२ पर्यटक नेपाल भित्रिएका थिए। सन् २०१९ मा १ लाख १३ हजार ८ सय १६ पर्यटक नेपाल आएका थिए।
          
    अक्टोबरमा सबैभन्दा बढी भारतबाट १८ हजार ४ सय ८०, अमेरिकाबाट १४ हजार ८ सय ७९, बेलायतबाट ८ हजार २ सय १७, चीनबाट ६ हजार ८ सय ८०, अष्ट्रेलियाबाट ६ हजार ७५, जर्मनीबाट ५ हजार ९ सय ११, फ्रान्सबाट ५ हजार २ सय ७१, बङ्गलादेशबाट ४ हजार २ सय ९२, श्रीलङ्काबाट २ हजार ५ सय ७ र इटालीबाट २ हजार ४ सय ६७ पर्यटक नेपाल आएका थिए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ