कात्तिक १५, काठमाडौं : यस बर्ष दशैँमा टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले दोब्बर विद्युतीय गाडी बिक्री गरेको छ। अघिल्लो बर्ष ३५४ वटा विद्युतीय गाडी बिक्री गरेको कम्पनीले यस बर्षको २ महिना (सेप्टेम्बर र अक्टोबर )मा ७३५ वटा गाडि बिक्री गरेको छ।
कम्पनीका अनुसार दशैँमा निजी गाडीमा विद्युतीयमात्रै बिक्री भएको छ र दशैँलाई भनेर टाटाले विशेष अफर समेत सञ्चालन गरेको थियो। टाटाले दशैँलाई लक्षित गरेर असोजमा टाटा एस इभी पिकअप भ्यान बजारमा ल्याएको थियो। पिकअप भ्यानसँगै टाटाले नेक्सन, टिगोर र टियागो गाडी बिक्री गरिरहेको छ।
भन्सार विभागको तथ्यांकअनुसार असोजमा २ अर्ब ४३ करोड १६ लाख रुपैयाँ बराबरका १ हजार २ सय ३७ वटा विद्युतीय गाडी आयात भएकौ छ भने गत वर्षको सोही अवधिमा २ अर्ब रुपैयाँको ७०५ वटा मात्रै विद्युतीय गाडी आयात भएको थियो। असोज महिनामा हालसम्मकै धेरै विद्युतीय गाडी आयात भएको तथ्यांकले देखाएको छ।




