२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

भरतपुर भ्रमण वर्ष : देवघाटको धार्मिक पर्यटन प्रवर्द्धन हुने

images

  • २०८० फागुन १८, शुक्रबार
  • 1.1K
    SHARES
  • भरतपुर भ्रमण वर्ष : देवघाटको धार्मिक पर्यटन प्रवर्द्धन हुने

    दमौली : भरतपुर महानगरपालिकाले आजदेखि सुरु गरेको भ्रमण वर्ष २०२४ ले तनहुँको देवघाटको धार्मिक पर्यटनका लागि सहयोग पुग्ने भएको छ। महानगरपालिकासँग सिमाना जोडिएको देवघाटको धार्मिक पर्यटन प्रवर्द्धनका लागि भ्रमण वर्षले सहयोग पुग्ने विश्वास गरिएको छ। 

    भरतपुर भ्रमण वर्ष उक्त महानगरपालिकाका लागि मात्रै नभई छिमेकी पालिकाको पर्यटन प्रवर्द्धनका लागि सहयोगी हुने विश्वास गरिएको देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले बताउनुभयो। उहाँले भन्नुभयो, “भरतपुर आउने पर्यटकलाई देवघाटसम्म ल्याउने वातावरण सृजना गरी यहाँको धार्मिक पर्यटनको प्रचारप्रसार र प्रवर्द्धन गर्नुपर्छ, त्यसका लागि हामी सहकार्य गर्छौँ।”

    भरतपुर भ्रमण वर्ष सफल बनाउन देवघाटको पनि उत्तिकै महत्त्वपूर्ण भूमिका रहने उहाँको भनाइ छ । भरतपुर महानगरले भ्रमण वर्षलाई सहयोग गर्न सीमा जोडिएका सात स्थानीय तहलाई अनुरोध गरेको थियो। भरतपुरसँग सीमा जोडिएका तनहुँको देवघाट, नवलपुरको गैँडाकोटसहित चितवनको इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, रत्न नगर नगरपालिका र माडी नगरपालिकालाई औपचारिक रुपमा आह्वान गरेको थियो। 

    भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको स्वागतका लागि देवघाट गाउँपालिकाले स्थानीय माझी, बोटे, मगर, गुरुङ र कुमाल समुदायको सांस्कृतिक नाच तथा गुरुकुलका बटुक र ब्राह्मणको भजन प्रदर्शन गर्ने अध्यक्ष थापाले बताउनुभयो। भरतपुर भ्रमण वर्षमा भरतपुर आउने पाहुनाको कम्तीमा ४० प्रतिशत देवघाटमा लैजान सकेमा देवघाटको पनि थप प्रचारप्रसार हुने र देवघाटमा व्यापार–व्यवसायको प्रवर्द्धन हुने अध्यक्ष थापाले बताउनुभयो। 

    उहाँले भन्नुभयो, “भरतपुर भ्रमण वर्षले देवघाटको धार्मिक पर्यटनमा समेत सहयोग पुग्छ, त्यसका लागि पनि देवघाटले भ्रमण वर्ष सफल बनाउन सहयोग गर्नेछ।”भरतपुर भ्रमण वर्षले भरतपुरको मात्र नभई आसपासका छिमेकी जिल्लाको पर्यटन प्रवर्द्धन र समृद्धिमा सहयोग पुग्ने महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिनुभयो।

     महानगरपालिकाले घुम्ने गन्तव्यको सूचीमा देवघाटलाई समेत समावेश गरेको छ। देवघाटमा चक्रवर्ती मन्दिर, गलेश्वर आश्रम, महेश सन्यास आश्रम, हरिहर सन्यास आश्रम, वेणी सङ्गम स्थल, सीता गुफा, देवपुर सामुदायिक घर बास, गोपी टार सामुदायिक घर बास, खाल्टे सामुदायिक घर बास, कोटा रङ्गशाला, छरछरे झरना, घण्टा चुली, प्याउली गढी, सिन्च्याङगढी, पालुराज मन्दिर, सीता गुफा, बौद्ध गुम्बालगायत पर्यटकीय गन्तव्य छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ